सिरहामा बोक्सी आरोपमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १६ गते ।
बोक्सी आरोपमा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी सुदामा देवीको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ की ९० वर्षीया सुदामादेवी साहको शनिबार साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
उनको सिरहा अस्पतालमा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी शन्तुलाल जयसवालले टुडेपाटीलाई जानकारी दिए ।
गएको बुधबार कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडी बोक्सीको आरोप लगाउँदै आमा सुदामा देवीलाई मरासन्न हुने गरी कुटपिट गर्दै दिसा खुवाउने प्रयास गरेका थिए । प्रहरी घटनास्थल पुगेपछि आमालाई मलमूत्र खुवाउने प्रयास असफल भएको थियो ।
छोराको कुटपिटबाट गम्भीर घाइते सुदामा देवीको सोहि दिन जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । दुईदिन उपचार पश्चात घर फर्केकी सुदामालाई शनिबार दिउँसो स्वास्थ्यमा फेरी समस्या देखिएपछि उपनकारको लागि सिरहा अस्पतालमा भर्ना गरिएको थियो ।
स्थानीयका अनुसार श्रीमती मनिषाको खुट्टामा घाउ भएपछि राऔतारले आमालाई बोक्सी भन्दै कुटपिट गरी मलमूत्र खुवाउने प्रयास गरेका थिए ।
Sponsored
साँझ ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । छोराले लामोसमय घाँटी थिचेको कारण गर्धनमा गम्भीर समस्या रहेको चिकित्सकले बताएका थिए । घटना पश्चात फरार छोरा रामऔतारलाई शुक्रबार दिउँसो पक्राउ गरेको थियो ।