टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी २६ जनाको मृत्यु, ८ सय बढी घाइते
एजेन्सी-
जनकपुरधाम, कार्तिक १५ गते ।
टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ भने ८ सय जना बढी घाइते भएका छन् ।
७ म्याग्निच्युडको भूकम्पमा परी टर्कीमा २४ र ग्रिसमा २ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । धक्का टर्कीको छिमेकी देश ग्रिसमा समेत महसुस गरिएको थियो ।
एजियन सागरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पले टर्कीको समुद्री किनारमा रहेको इज्मिर सहरमा धेरै क्षति पुगेको छ । भत्किएका भवनभित्र अझै धेरै मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ ।
भूकम्पपछि टर्कीको पश्चिमी किनारमा सानो सुनामीसमेत आएको थियो भने टर्कीमा सानाठूला एक सय ९६ वटा परकम्प गएको छ ।
Sponsored