TodayPati

मुकेश चौरसिया हत्या काण्ड : मुद्दा दर्ता लगतै नेकपा नेता गुप्तासहित १० आरोपी फरार

टुडेपाटी-
पर्सा, कार्तिक १५ गते ।

पर्साका नेकपा नेता मुकेश चौरसिया हत्याको जाहेरी दर्ता भए लगतै आरोपीहरु फरार भएका छन् । घटनाको मुख्य योजनाका भनिएका ओलि निकट नेता भनिएका पूर्व संविधानसभा सदस्य राजकुमार गुप्ता लगायत १० जना आरोपी फरार भएका हुन् ।

घटनाको एकसाता पश्चात गएको बिहीबार मृतक मुकेश चौरसियाका भाई महेश चौरसियाले नेकपा नेता तथा पूर्व सभासद गुप्ता लगायत १२ जनामाथि जिल्ला सरकारी वकिलको कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गराएका छन् ।

Sponsored

किटानी जाहेरीमा गुप्तासहित धीरज चौहान, लक्ष्मण चौरसिया, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, हनिफ मियाँ देवान, देवा सहनी मलाह र जनार्दन चौहानको नाम उल्लेख छ ।

जस मध्ये हानिफ मिया र देवान सहनी मलाह प्रहरी हिरासतमा छन् । १० जना भने फरार भएका छन् ।

घटनामा लाठीभाटा प्रहार गर्ने देवा सहनी र हनिफ मियाँ गुप्ताकै श्रीपुरस्थित घरबाट पक्राउ परेका थिए । घटना भएकै दिन उनकोे घरबाट पूर्वसभासद गुप्ता सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर, पक्राउ परेका मध्ये २ जनालाई हिरासतमा प्रहरीले राखेर गुप्तासहित ६ जनालाई सोही दिन ‘माथिको आदेश’मा रिहा गरिएको थियो ।

Sponsored

मृतक मुकेश चौरसियाको हत्याको मुख्य योजनाकारको रुपमा जाहेरी दर्ता भएपछि गुप्ता वीरगञ्जबाट फरार भएका छन् । परिवारजनले चौरसियाको हत्या गुप्ताकै योजनामा भएको दावी गर्दै आएका छन् । पर्साका प्रहरी उपरिक्षक गङ्गा पन्तले गुप्तासहितको जाहेरी दर्ता गर्न अस्वीकार गर्दै आएकी थिइन् । एसपी पन्तले गुप्ताको संलग्नता कतै पनि नदेखिएकाले उनको नाम हटाएर जाहेरी ल्याए मात्रै दर्ता गर्ने बताएकी थिइन् ।

प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले मुद्दा दर्ता भएपछि आरोपीहरुको खोजतलास गरिरहेको जानकारी दिए । उनले पूर्व सभासद गुप्ताको घरमा पुगेर पनि खोजतलास गर्दा उनी फेला नपरेको डीएसपी कुँवरको भनाइ छ । उनले गुप्ता जहाँ भएपनि खोजेर सम्पर्कमा ल्याउने दावी गरे ।

गुप्तासहितमाथि जाहेरी दर्ता गराउन नेकपा पर्साले एक सातासम्म आन्दोलन गरेका थिए । अन्ततः सरकारी वकिल र्कालयबाट जाहेरी दर्ता भएपछि परिवारजनले चौरसियाको शव शुक्रबार बुझेर अन्त्येष्टि गरेका छन् ।

गएको कार्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका ५ मा नेकपा गाउँकमिटीको सपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विथोल्न खोज्दा दुईतर्फी झडप भएको थियो । जसमा जिल्ला सदस्यतथा गाउँकमिटी सचिव चौरसिया गम्भीर घाइते भएका थिए । उनको भोलिपल्ट उपचारको क्रममा मृत्यु भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *