कश्मिरमा फेरि बिजेपीका महासचिव सहित तीन कार्यकर्तालाई गोली हानेर हत्या
एजेसी
जनकपुरधाम, कातिर्क १३ गते ।
भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दल भारतीय जनता पार्टी (बिजेपी) का तीन कार्यकर्ताको गोली हानी हत्या गरेका छन्।
मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेका छन्।
जम्मु–कश्मिरका बिजेपी प्रवक्ता अल्ताफ ठाकुरले एक बयान जारी गर्दै घटनाको कडा निन्दा गरेका छन्। उनले हत्यालाई बर्बर बताएका छन्।
ठाकुरले ईद(एमीलाद(नबीको पावन अवसरमा निहत्ता नागरिक मार्न नछोडिएको बताए। प्रहरी समक्ष उनले घटनामा संलग्नलाई छिटो भन्दा छिटो खोजेर कडा कारवाही गर्नुपर्ने माग गरेका छन्।
कश्मिरमा केही महिना यता लगातार बिजेपी कार्यकर्ता तथा जनप्रतिनिधिमाथि ज्यान लिने हमलाहरू हुँदै आएका छन्।
Sponsored