TodayPati

जसपाका संघीय सांसदले १५ हजार र केन्द्रिय सदस्यले २५० रुपैयाँ मासिक लेवी बुझाउनु पर्ने

टुडेपाटी

काठमाडौं, कार्तिक १२ गते ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसदहरूको मासिक १५ हजार रुपैयाँ लेवी बुझाउनु पर्ने भएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समिति बसेको बैठकले जसपाका संघीय सांसदहरूसँग मासिक जनही १५ हजार रुपैयाँ लेवी लिने निर्णय भएको हो ।

Sponsored

पूर्व राजपा नेपाल र संघीय समजवादी फोरम नेपाल एकिकरण बनेको जसपामा ३४ जना प्रतिनिधिसभा सदस्य र ३ जना राष्ट्रियसभा सदस्य छन् ।

यस्तै केन्द्रीय कार्यकारी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद र राष्ट्रिय समितिका सदस्यहरूले २५० देखि एक हजार रुपैयाँ मासिक लेबी तोकिएको छ ।

लेबीबाट संकलित रकमको ३० प्रतिशत पार्टीको केन्द्रीय समिति, ३० प्रतिशत प्रदेश समिति र ४० प्रतिशत स्थानीय तहका समितिले खर्च गर्न पाउने प्रावधान जसपाले बनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *