TodayPati

भाजपाका नेताले गरे बन्दुक देखाएर एक युवतीलाई सामूहिक बलात्कार

एजेन्सी-

भारतको गुजरातमा बन्दुक देखाएर १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरिएको घट्ना सार्वजनिक भएको छ। राजकोट कोटन्डा साँगणी थानमा बस्ने एक युवतीलाई बन्दुक देखाएर कारमा लगेको र सामूहिक बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारअनुसार बलात्कार गर्नेहरु भारतीय जनता पार्टीका स्थानीय नेताहरु छन्। उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

Sponsored

पीडित १९ वर्षीया युवतीले भाजपाका पूर्वमहामन्त्री अमित पाडारियासहित तीन जनाले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन्। ती युवतीको आरोपको आधारमा अमित पाडारिया, शान्ति पाडारिया र विपुल सेखन्डालाई प्रहरीले पक्राउ गरेको छ।

राजकोटका एसपी बलराम मीणाले ती युवतीको मेडकल परीक्षणमा दुष्कर्म भएको पुष्टि भएको बताए। स्थानीयका अनुसार अमितले ती युवतीलाई यसअघि देखि नै धम्काउँदै आएका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *