TodayPati

निर्भया बलात्कार-हत्याका दोषीको फाँसी रोक्ने आदेश

एजेन्सी , माघ १८ गते

शनिबार बिहान ६ बजे झुण्ड्याउन तयार गरिएका भारतको दिल्लीस्थित तिहाड जेलमा कैद निर्भया बलात्कार–हत्याकाण्डका दोषीलाई अर्को आदेशसम्मका लागि फाँसी नदिन अदालतले आदेश दिएको छ।

फाँसी दिने जल्लाद पनि बिहीबार नै जेलमा आइसकेका थिए।

Sponsored

पवन, मुकेश, अक्षय र विनय नामका चार दोषीलाई अदालतले फेब्रुअरी १ मा झुण्ड्याउने आदेश दिएको थियो।

तर, एक दोषीको बिन्तीपत्रबारे निर्णय हुन बाँकी रहेको अवस्थामा अन्यलाई फाँसी दिन नमिल्ने भन्दै उनीहरुको वकिलले रिट दायर गरेका थिए।

अन्य तीन जनाको भने बिन्तीपत्र राष्ट्रपतिले अस्वीकार गरेका छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *