TodayPati

अफगनिस्तानको शैक्षिक संस्थामा आत्मघाती आक्रमणः १८ जनाको मृत्यु, दर्जनौ घाइते

एजेन्सी

जनकपुरधाम, कार्तिक ९ गते ।

अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् ।

Sponsored

शिया मुसलमानको बहुल क्षेत्र दश्त–ए–बार्ची भन्ने स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको हो ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियनले विज्ञप्ति जारी गर्दै एक आत्मघाती व्यक्ति भवनको भित्र जाने कोसिस गरेका थिए । सुरक्षाकर्मीहरुले उसलाई चिनेर रोके । त्यसपछि त्यो व्यक्तिले भवनको ढोकामै विष्फोट गराएको थियो ।

इस्लामिक स्टेटले सामाजिक सन्जालमा एक सन्देश पोष्ट गर्दै आक्रमणको जिम्मा लिएको छ ।

Sponsored

हालैका दिनहरुमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गरेको छ ।

कतारको राजधानी दोहामा सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहेको बेला हिंसा भने रोकिएको छैन । यो पछिल्लो आक्रमण पनि त्यसैको असर हुन सक्ने बीबीसीले जनाएको छ ।

अफगानिस्तानका चरमपन्थी समूहले शिया समुदायलाई निशाना बनाउँदै आएका छन् ।

शनिबार शैक्षिक संस्थालाई लक्षित गरी भएको आक्रमण पहिलो भने होइन । सन् २०१८ को अगष्टमा भएको एक आक्रमणमा ४८ जना मारिएका थिए । अधिकांश विद्यार्थीहरुको मृत्यु भएको सो आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *