TodayPati

धनुषामा अत्याधिक आवाजमा बाजा बजाउन रोक

टुडेपाटी

जनकपुरधाम, फागुन १६ गते ।

धनुषामा अत्यधिक आवाजमा डीजे बाजा बजाउन प्रतिबन्ध गरिएको छ । अत्यधिक आवाजले बजाइने डीजे बाजाबाट ध्वनि प्रदूषणका साथै शान्ति सुरक्षा कायम गर्न अपुग भएको भन्दै प्रहरीले यसमा रोक लगाएको जनाइएको छ ।

Sponsored

 धनुषामा डीजे बाजा बजाउन रोक लगाइएको छ । अत्यधिक आवाजले बजाइने डीजे बाजाका कारण ध्वनि प्रदूषणका साथै शान्ति सुरक्षा कायम गर्न खलल पुगेको भन्दै प्रहरीले यसमा रोक लगाएको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्की र डीजे व्यवसायीहरुबीच भएको छलफलमा डीजे बाजामाथि रोक लगाउने निर्णय भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाले समेत डीजे बाजामाथि रोक लगाउने निर्णय गरेको भए पनि निर्णय कार्यान्वयन हुन सकेको थिएन । जिल्ला प्रशासनले यसअघि गरेको निर्णय कार्यान्वयन गराउने सम्बन्धमा डीजे व्यवसायीहरुसँगको छलफलपश्चात् पुनः यस्तो निर्णय गरिएको डीएसपी कार्कीले बताए ।

Sponsored

शुक्रबार भएको छलफलमा कुनैपनि अवसरमा डीजेका साथै ठूलो आवाजमा ध्वनि निस्कने लाउड स्पिकर, दोहोरो अर्थ दिने गीत नबजाउनुका साथै कहिँकतै कुनै बहानामा अर्केष्ट्रा तथा नाचहरु समेत गर्न नपाइने निर्णय भएको कार्कीले जानकारी दिएका छन् ।

उनले निर्णयको उल्लंघन गरेको खण्डमा तत्काल प्रहरीले नियन्त्रणमा लिइ कानुनअनुसार कारबाही गर्न सर्वसम्मतिले निर्णय भएको बताए ।

वैवाहिक कार्यक्रम, उत्सव, मेलाजस्ता कार्यक्रमहरुको मौकामा तराइ–मधेशमा डीजे, लाउडस्पिकरको प्रयोग हुँदै आइरहेको छ । अत्यधिक आवाज आउने गरी बजाइने यस्ता उपकरणका कारण छरछिमेकलाई समस्या हुनुका साथै शान्ति सुरक्षा कायम गर्न समेत कठिनाइ हुने प्रहरीको भनाइ छ 

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्की र डीजे व्यवसायीहरुबीच शुक्रबार भएको छलफलमा डीजे बाजामाथि रोक लगाउने निर्णय भएको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाले समेत डीजे बाजामाथि रोक लगाउने निर्णय गरेको भए पनि निर्णय कार्यान्वयन हुन सकेको थिएन । जिल्ला प्रशासनले यसअघि गरेको निर्णय कार्यान्वयन गराउने सम्बन्धमा डीजे व्यवसायीहरुसँगको छलफलपश्चात् पुनः यस्तो निर्णय गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

शुक्रबार भएको छलफलमा कुनैपनि अवसरमा डीजेका साथै ठूलो आवाजमा ध्वनि निस्कने लाउड स्पिकर, दोहोरो अर्थ दिने गीत नबजाउनुका साथै कहिँकतै कुनै बहानामा अर्केष्ट्रा तथा नाचहरु समेत गर्न नपाइने निर्णय भएको डिएसपी कार्कीले बताए ।

निर्णयको उल्लंघन गरेको खण्डमा तत्काल प्रहरीले नियन्त्रणमा लिइ कानुनअनुसार कारबाही गर्न सर्वसम्मतिले निर्णय भएको डिएसपी कार्कीको भनाइ छ ।

वैवाहिक कार्यक्रम, उत्सव, मेलाजस्ता कार्यक्रमहरुको मौकामा तराइ–मधेशमा डीजे, लाउडस्पिकरको प्रयोग हुँदै आइरहेको छ । अत्यधिक आवाज आउने गरी बजाइने यस्ता उपकरणका कारण छरछिमेकलाई समस्या हुनुका साथै शान्ति सुरक्षा कायम गर्न समेत कठिनाइ हुने भएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *