TodayPati

दिल्लीको हिंसामा मर्नेको संख्या ४२ पुग्यो

नयाँ दिल्ली , फागुन १६ गते ।


भारतको राजधानी नयाँ दिल्लीमा ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । भारतले गत डिसेम्बर अन्तिममा ल्याएको नागरिकता संशोधन कानुनको विरोधका क्रममा आइतबारदेखि दिल्लीको उत्तरपूर्वी क्षेत्रमा उक्त हिंसा भड्किएको हो । 

पाँच दिनको दंगापछि स्थिति सामान्य बन्दै गएको छ । स्थितिलाई सामान्य पार्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । दिल्ली प्रहरीले स्थानीयहरुलाई हिंसाका विषयमा जानकारी गराउन र आफूसँग भएका तस्बिर र भिडियोहरु पठाउन अपिल गरेको छ ।

Sponsored

दिल्ली दंगाको विषयमा अनुसन्धान र समीक्षा गर्ने अपराध महाशाखाबाट दुई विशेष अनुसन्धान टोली परिचालन गरिएको छ । 

यसअघि अमेरिकाले भारतलाई शान्तिपूर्ण भेला हुन पाउने नागरिक अधिकारको सम्मान र सुरक्षा गर्न आग्रह गरेको थियो । –

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *