न्याय माग्दै पूर्वमन्त्री बाँस्कोटाले गरे अदालतमा मुद्दा दायर
टुडेपाटी
काठमाडौं, फागुन १६ गते ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
शुक्रबार मन्त्री बाँस्कोटाले आफुमाथि झुठा मुद्दाको आरोप लगाएपछि न्याय माग्दै अदालतमा गाली वेइज्जतीको मुद्दा दायर गरेका छन् । बाँस्कोटाले अडियोमा बोल्ने अर्काे पक्ष विजयप्रकाश मिश्रविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका हुन् ।
प्रेस खरिदका क्रममा ७० करोड कमिसन मागेको अडियो रेकर्ड बाहिरिएपछि पदबाट उनी राजीनामा दिएका थिए । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बाँस्कोटाले घुस मागेको प्रमाणित नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।