TodayPati

कस–कसले पाउँछन् कोरोनाको निःशुल्क परिक्षण तथा उपचार ? यस्तो छ मापदण्ड..


टुडेपाटी-
जनकपुरधाम, कार्तिक ३ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सोमबार सबै कोभिड अस्पताललाई पठाएको हो ।

मापदण्ड अनुसार निःशुल्क उपचार पाउने विपन्नमा विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशका अनुसारको सिफारिस वा स्वयंम घोषणा गर्नुपर्ने हुन्छ ।

Sponsored

यस्तै अशक्तको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गरेका, असहायको सिफारिस भएका वा स्वयंम घोषणा गर्ने, एकल महिलाको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्ने र अपाङ्गताको प्रमाणपत्र भएकाले पनि निःशुल्क परीक्षण र उपचार पाउनेछन् ।

७० वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्नेहरुले पनि कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउने मापदण्डमा उल्लेख छ ।

यस्तै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा कोरोनाको निःशुल्क परीक्षण र उपचार गरिने मन्त्रालयले जनाएको छ ।

Sponsored

तर आकस्मिक उपचारका लागि आधार प्रमाणहरु नभएकै कारण कसैलाई पनि उपचारबाट बञ्चित गर्न नपाइने मन्त्रालयले अस्पतालहरुलाई पठाएको परिपत्रमा उल्लेख छ ।

मन्त्रालयले आइतबार मात्र मापदण्डमा आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिनेहरुमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने र सो रकम उनीहरुले गराएको कोरोना बिमाबाट कट्टा गर्ने बताएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *