सांसदहरुलाई उपलब्ध गराउँदै आएको दशैं भत्ता खारेज गर्न जसपाको माग
टुडेपाटी-
काठमाडौं, कार्तिक ३ गते ।
सरकारले सांसदहरुलाई उपलब्ध गराउँदै आएको दसैँ भत्ता खारेज गर्न जनता समाजवादी पार्टी (जसपा)ले माग गरेको छ । सरकारले दसैँ भत्ता खारेज नगरे आफ्नो सांसदले उक्त भत्ता नलिने निर्णय गरेको हो ।
जसपाले कोरोना भाइरस संक्रमण (कोभिड(१९) पीडितलाई सरकारले राहत उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ ।
जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको विधान र नियमावली संसोधनसहित पारित समेत जसपाका नेता रकम चेमजोङले जानकारी दिए ।