४ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि, ११ लाखको मृत्यु
एजेन्सी
जनकपुरधाम, कार्तिक ३ गते ।
विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।
संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख ७ हजार ५८ जना निको भएका छन् ।
यस्तै एकै दिन थप ३ हजार ९७१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १६७ पुगेको छ ।
Sponsored
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार पुगेको छ ।
दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ८८ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ३५ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३९ हजार ४७ जनाको मृत्यु भएको छ । ७० लाख ३ हजार १८ जना संक्रमित भएकोमा ३२ लाख ४ हजार ९८ जना संक्रमणमुक्त भएका छन् ।