देशका लागि लड्नेहरु सहिद भए, सहिदलाई भजाउनेहरु सरकार (विचार)
सुरेश सिंह-
(सहिद परिवार)
बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल, परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर यो नै अहिले सहिदका सन्ततिहरुको भनाई बनिसकेको छ । यतिखेर सहिद, घाइते तथा वेपत्ता परिवार र कार्यकर्ताको मन नराम्ररी कुँडिएको छ । कति आजित छन् सहिद परिवार, घाइते तथा वेपत्ता परिवार र जनता ! आज सहिदको मूल्यवोध छैन । अर्थात् मूल्यहीन बनाइदैछ । महान जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनले नेपालमा राजतन्त्रको अन्त्य गरी संसदीय गणतन्त्रको घोषणा त भयो, तर जनताको आधारभूत जीवनमा कुनै परिवर्तन भएन ।
गणतन्त्रको घोषणा सम्म आइपुग्नु महान सहिदहरुको त्याग र बलिदानको मुख्य भूमिका रह्यो । तर गणतन्त्र मुठिभर दलाल पूँजीवादीहरुको हातमा पुग्यो । अझैसम्म जनयुद्धमा सहादत प्राप्त गर्ने महान सहिदहरु राज्यको सहिद हुन सकेका छैनन् । नेपाल सरकारले उनीहरुलाई सहिद भनेर सम्मान दिन सकेको छैन । द्धन्द्धपीडितको नाममा अपमानित गरिरहेका छन् । जब कि प्रचण्ड स्वयं दुईपटक देशको प्रधानमन्त्री भइसके र उनले नेतृत्व गरेको माओवादी केन्द्र ४ पटक सत्तामा पुगिसकेको छ र अव फेरी ओली नेतृत्वको सरकारमा सहभागी भएर पनि सता हातमा हुँदा पनि चुप लागेर बस्यो । यो सहिदप्रतिको कस्तो समान हो । बामपन्थी राजनीतिकर्मीले नेता ज्युुहरुलाई नयाक होइन महानायक, म कसरि मानु ? वा वा वारे मेरो देशको राजनीतिकर्मी नेता ज्युहरु कोटि कोटी नमस्कार गर्न चाहन्छु.।
द्वन्द्वकालमा खसेको रगतको थोपाले खोला बगे तर देशको सम्बृद्धि जनताले देख्न पाएनन् । बरु खाली खुट्टा हिड्नेहरु कपाल मै लाखौंको जेल, तेल लाउने भए । ग्लानी बोध हुँदैन नेता ज्युहरु हजुरहरुलाई ? देश नाजुक अवस्था बाट गुज्रीरहेको छ । जनता पिडित छन । तर पनि देशका शासकहरु भ्रष्टाचारमा लिप्त छन् । यसबाट शासकहरु देश र जनताको लागी होइन केवल शक्ति र सम्पती कुम्ल्याउन मात्र राजनिती गर्दा रहेछन् भन्ने बुझिन्छ । राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो भने बुझिन्छ । अहिलेका कतिपय ओहदामा आसिन बरिष्ट नेताहरु कुनै बेला जनताको घरमा भोक भोकै बसेको बेला जनताले दिनभरी ज्याला रमजदुरी गरेर ल्याएको अन्न खाएर ज्यान पालेका थिए ।
अझैसम्म जनयुद्धमा सहादत प्राप्त गर्ने महान सहिदहरु राज्यको सहिद हुन सकेका छैनन् । नेपाल सरकारले उनीहरुलाई सहिद भनेर सम्मान दिन सकेको छैन । द्धन्द्धपीडितको नाममा अपमानित गरिरहेका छन् । जब कि प्रचण्ड स्वयं दुईपटक देशको प्रधानमन्त्री भइसके र उनले नेतृत्व गरेको माओवादी केन्द्र ४ पटक सत्तामा पुगिसकेको छ र अव फेरी ओली नेतृत्वको सरकारमा सहभागी भएर पनि सता हातमा हुँदा पनि चुप लागेर बस्यो । यो सहिदप्रतिको कस्तो समान हो । बामपन्थी राजनीतिकर्मीले नेता ज्युुहरुलाई नयाक होइन महानायक, म कसरि मानु ? वा वा वारे मेरो देशको राजनीतिकर्मी नेता ज्युहरु कोटि कोटी नमस्कार गर्न चाहन्छु.।
गरीब जनताहरु दिनभरी काम गरेर खाएपनि यिनको सुरक्षामा रातभरी जागा बस्थे । रातभर खटेर भुमिगत नेताहरुलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउँथे । जनताले यिनको सेवा र सुरक्षामा न दिन भने न रात । तर आज जब तिनै नेताहरु सत्ता र शक्तिमा पुग्छन् । नतालाई बिर्सेर सबै सुबिधाहरु आफु र आफन्तको पोल्टामा हाल्छन । के यिनले बिगतमा जनतालाई दिएको आश्वासन र देखाएको सपना सबै बिर्से ? घर आँगनमा बर्षौं बसेर राजनितिगर्नेहरु सत्तामा जाँदा त जनताको दुःख सम्झेनन् भने, जसले गरिब जनताको घर आँगन टेकेकासम्म छैनन् र केवल बिद्यार्थी जिवनमा भाषण गरेर राजनितिमा प्रबेश गरेकाछन् ती सत्तामा पुगेपछि त झन जनतालाई के सम्झेलान् र ? के गर्लान् सहिद, बेपता, अनि घाइतेको कुरा ? के गर्लान् सहिदको सन्ततिहरूलाई रोजगारी दिलाउने कुरा? के गर्लान् शिक्षा र शालिक बनाउँने कुरा ? देश र नेताहरु को चाला देखेर हामी सहिदको छोरोरछोरी हुँ भन्ननपनि लाजमर्दो छ ।
जून ठाउमा पानी छैन , बिजुली छैन, महँगी र बेरोजगार ले आकाश छोइ सक्यो । दिउसै हत्या र लूटपाट हुन्छ, सहिदको सपना पुरा गर्छु भनेर चुनाऊ जितेर गकाएकाहरु संसद मा उफ्री राखेछान् । अनि हरुवाहरु सहिदका सन्ततिहरुको हालत देखेर खिलि उडाइ हरेका छन् । मिर्मिरेमा तारा नझरुन्जेल, बिहानी नहुने कुरा त शासवत सत्य हो । तर यहाँ त दुई चार मात्रै होइन । यहाँ त कयौं हजार सहिदहरु मरेर जाँदा समेत मुलुक बनेन । जहाँको त्यहीँ रह्यो ।
त्यसैले हिजो आज मलाई कस्तो लाग्न थालेको छ भने मानिस मरेर जाँदैमा मुलुक बन्ने रहेनछ् । ती आदरणीय सहिदहरु नमरी कनै बरु बाँचेरै लडेको भए सायद देशको अवस्था अहिलेको भन्दा राम्रो हुने थियो कि ? गर्छु भन्ने जति मरेर जाने, नगर्नेहरु र गर्न नदिनेहरु उनै शहीदको लाशमाथि नाचेर र बाँचेर कसरी देश बन्ने हो र ? एक चोटी पनि प्रश्न गर्नु भाको छ ? “सहिदको रगतले हामि याहाँसम्म आउँदा उहाँहरुले के पाउनु भायो भनेर ?” वाह वाह मेरो देशका बामपन्थी राजनीतिकर्मी नेता ज्युहरु, मन्त्री ज्युहरु तपाईहरुलाई सलाम गर्दछ सहिदका पत्नी, छोरा र छोरीहरु, अनि देशका निम्ति लडेर सहिद हुनुहुने ती बीर योद्धाहरुले । बिगत अढाइ दशकको क्रियाकलापहरुले त यही कुरा दर्शाइरहेका छन् ।
यदि हजुरहरुले आफ्नो कर्तब्य बिर्से इतिहासले धिक्कार्ने छ । गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ने छ । धन्यवाद