TodayPati

महामारीमा गरिब भोकले मर्दै तर प्रदेश २ का सांसद र स्वकीय सचिवलाई ५७ लाख दशैँ भत्ता

टुडेपाटी

जनकपुरधाम, कार्तिक २ गते ।

कोरोना महामारीले मुलुकको अर्थतन्त्र धरासायी मात्र बनेको छ्रैन गरिब तथा विपन्न वर्गलाई छाँकै टार्न मुस्किल परेको छ । काम नपाएर पैसा जुटाउन नसक्दा प्रदेश २ का जिल्लामा विपन्नको ज्यानै गुमाउनु परेको घटना समेत सार्वजनिक भइसकेको छ ।

Sponsored

पछिल्लो समय पैसा अभावमा प्रदेश सरकारले कोरोना परिक्षणको दायरा हवात्तै घटनाइदिएको छ । पैसा अभावकै कारण प्रदेश सरकारले विपन्न वर्गकालागि थप राहतको व्यवस्था गर्न सकेको छैन् । महामारी रोकथाम तथा नियन्त्रणकालािग जनस्तरमा कामै गर्न सकेको छैन् ।

तर यस्तो विपतको घडीमा समेत प्रदेश २ का प्रदेश सभा सदस्य तथा उनीहरूका स्वकीय सचिवले दसैँं भत्ता पाएका छन् । उनीहरूलाई ३० असोजभित्रै ५७ लाख दुई सय ९२ रुपैयाँ दसैँ भत्ता पठाएको संसद सचिवालयले जनाएको छ ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा बनेको ऐनअनुसार चाडपर्व खर्च भनेर थप एक महिनाको तलब बैंकखातामा पठाएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए । मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री गरी १४ जनाबाहेक सभामुख, उपसभामुख र सांसद गरी ९३ जनाले प्रदेश सभाबाट तलबसहित दसैँ भत्ता पाएका छन् । उनीहरूका स्वकीय सचिवलाई भने दसैँ भत्ता दिने व्यवस्था नभएकाले नदिएको संसद सचिवालयले जनाएको छ ।

Sponsored

प्रदेश सभाका सभामुखले ६८ हजार चार सय ४०, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्षका प्रमुख सचेतकले ६७ हजार २४ र सांसदले ६१ हजार २० रुपैयाँ पाएका हुन् । अर्थविज्ञ डा.सुरेन्द्र लाभले कोरोना महामारीका वेला सांसद तथा पदाधिकारीले दसैँ भत्ता बुझ्नु उचित नभएको बताए ।

‘विश्वव्यापी संकटका वेला सांसदहरूले तलब–भत्ता नबुझेर जनताको स्वास्थ्यका लागि सरकारलाई घचघच्याउने काम गर्नुपथ्र्यो, तर सत्तापक्ष र विपक्षका सांसदहरूले जनताको दुःखपीडाभन्दा आफ्ना स्वार्थ र तलब–भत्तामा आँखा गाडेका छन्,’ डा.लाभले भने । यो वेला धेरैले रोजगारी गुमाएकाले बरु संसदीय कोषको रकमको कुनै योजना नभएर सीधै बेरोजगारको समस्या समाधानमा खर्च गर्नुपर्ने उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *