TodayPati

प्रदेश २ सहित सातै प्रदेशमा नेपाल प्रहरीमा ५ हजार युवाकालागि जागिर खुल्यो

टुडेपाटी

जनकपुरधाम, असोज ३० गते ।

नेपाल प्रहरीमा ५ हजारभन्दा बढी युवाका लागि रोजगारी खुलेको छ। प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

Sponsored

शुक्रबार प्रकाशित सूचनाअनुासर खुला, अमररअशक्त प्रहरी परिवार र समावेशीअन्तर्गत प्रतिस्पर्धा गराई जवान छनोट गरिनेछ।

यसमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ।

Sponsored

देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

2 thoughts on “प्रदेश २ सहित सातै प्रदेशमा नेपाल प्रहरीमा ५ हजार युवाकालागि जागिर खुल्यो

  • October 18, 2020 at 6:03 am
    Permalink

    I’m interested
    Sir/madam,Ma Aile Lalitpur ma baschu form bharna Lai kaha janu parcha?

    Reply
  • October 24, 2020 at 1:03 pm
    Permalink

    Ma Pani praharii nanna chhana rakhexu

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *