धरापमा राउत सरकार, जसपाकै १९ प्रदेश सांसदले गरे सरकार परिवर्तनको माग
टुडेपाटी-
जनकपुरधाम, असोज २९ गते ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार धरापमा परेको छ । जनता समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदले राउत नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् ।
जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा जनकपुर बिहीबार बसेको जसमा संसदीय दलको बैठकमा राउत नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएकोले प्रदेश सांसदलहरुले परिवर्तणको माग गरेका हुन् ।
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म चलेको बैठकमा २४ जना प्रदेश सांसदले प्रदेश सरकारको विषयमा समिक्षात्मक भनाइ रहेका थिए । जसमा १९ जना सांसदले राउत नेतृत्वको सरकार फेर्नुपर्ने जोडदार अबाज उठएको बैठकमा सहभागि एक प्रदेश सांसदले टुडेपाटीलाई जानकारी दिए । त्यसै गरी २ जना तटस्थ भनाइ राखेका थिए भने ३ जना सरकारको बचाउमा आफ्ना भनाई राखेको ती सांसदले बताए ।
स्रोतका अनुसार बैठकमा राजपाबाट समाजिक विकास मन्त्री रहेका नवलकिशोर साह र उद्योगा वन पर्यटन तथावातावरण मन्त्री रामनरेश रायले छोरालाई नै मन्त्रालयको जिम्मेबारी दिएर मन्त्रालय चलाएको आरोप समेत लगाएका छन् ।
राउत सरकार असफल र केहि मन्त्रीहरुको कारण पार्टी समेत बदनाम हुँदै गएकाले पुरै सरकार नै परिवर्तणको पक्षमा सांसदहरुले बहस गरेको अर्का सांसदले बताए ।
दुईपार्टी संघीय समाजवादी फोरम र जनता समाजवादी पार्ट मर्ज भएछि जनता समाजवादी पार्टी भएको ६ महिना भइसकेको छ । तर प्रदेश २ मा फोरम र राजपाले प्रदेशसभामा पहिलेकै हिँसाबले प्रतिनिधित्व गर्दै आएका छन् ।
Sponsored
ती सांसदका अनुसार बैठकले जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा प्रदेश २ जसपा संसदीय दलको नेता छनोट गर्न पाँच सदस्य विधायन समिति गठन गरेको छ । मितिमा प्रदेश सांसद मनिष सुमन, उपेन्द्र महतो, रामअशिष यादव, प्रमेश्वर साह र रानी शर्मा तिवारी छन् ।
विधान बनाएर केन्द्रिय समितिबाट पास भए प्रदेश २ मा जसपा संसदीय दलको नेता छनोट हुने र सरकार लगतै परिवर्तन हुने ती सांसदको भनाइ छ ।
सांसदहरुको सरकार परिवर्तनको जोडदार मागमा अध्यक्ष यादव समेत सकारात्मक रहेको बैठकमा सहभागि सांसदहरुले बताएका छन् ।