प्रदेश १ मा एकदैदिन ८ जना कोरोना संक्रमितको मृत्यु, यी हुन मृतकहरु
टुडेपाटी
विराटनगर, असोज २९ गते ।
कोरोना संक्रमणका कारण प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो ।
विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ ।
यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो । यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यसैगरी सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच जनाको मृत्यु भएको छ । प्रष्ठिानका सह प्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।
Sponsored
तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार विहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया व्ृद्धाको बिहीबार विहान १२ः५ बजे मृत्यु भएको हो ।
बीपी प्रतिष्ठानमै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको प्रयोगशालामा २५ असोजमा संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको बुधबार राति ११ः५५ मा मृत्यु भएको छ ।
धरान ९ कै ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह साढे ३ बजे मृत्यु भएको छ ।
यसैगरी तेह्रथुम दाङ्पा– १ का ४९ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ । एकै दिन आठजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १२१ पुगेको छ ।