सम्सी गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न, ल्यायो ४६ करोड बजेट
टुडेपाटी-
जनकपुरधाम, असोज २८ गते ।
आर्थिक वर्ष २०७७\०७८ को लागि सम्सी गाउँपालिकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । समृद्ध सम्सीको आधार, पशुपालन र अन्न बालीको भण्डार भन्ने नाराका साथ बुधबार गाउँसभा सम्पन्न भएको हो ।
सम्सी गाउँपालिका अध्यक्ष मो. शेख फारुकको अध्यक्षतामा सम्पन्न गाउँसभाले ४६ करोड २३ लाख ३९ हजार ५ सय ४० रुपैयाको बजेट ल्याएको छ । संघीय सरकारबाट बित्तीय समानिकरण अनुदान १० करोड ८३ लाख रुपैयाँ तथा राजश्व बाँडफाँड ६ करोड ८५ लाख २० हजार ५ सय ४०रुपैयाँ रहेको छ ।
त्यसतै सशर्त अनुदान ११ करोड ८ लाख, प्रदेश सरकारबाट बित्तिय समानिकरन ७१ लाख ५९ हजार तथा सशर्त अनुदान ८० लाख, विशेष अनुदान २० लाख, समपुरक अनुदान ३० लाख, राजश्व वाँड फाड २० लाख, बहु क्षेत्रिय पोषण १३ लाख ७४ हजार, आन्तरिक श्रोत ५० लाख ७० हजार र गत वर्षको मौजदात अल्या १४ करोड ६१ लाख १६ हजार गरी कूल ४६ करोड २३ लाख ३९ हजार ५ सय ४० रुपैयाँ बजेट अनुमान गरेको जनाएको छ ।
विभिन्न शिर्षकमा खर्च गर्ने गरी पारित कुल आय मध्ये कृषि तर्फ बढि जोड दिदै चालु खर्च करिब ४० प्रतिशत र पूँजिगत खर्च करिबक ६० प्रतिशत बिनियोजन गरिएको छ ।
Sponsored