ट्रम्पको स्वास्थ्य लाभको लागि ब्रत बसेका भारतीय किसानको मृत्यु
एजेन्सी-
जनकपुरधाम, असोज २८ गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै ब्रत बस्ने एक भारतीय किसानको मृत्यु भएको छ ।
किसान बुसा कृष्ण राजुले ट्रम्पलाई आफ्नो आदर्श मान्दथे। त्यसकारण उनले आफ्नो नाम ट्रम्प क्रिस राखेका थिए ।
उनले ट्रम्पको मूर्ति पुजा पनि गर्दै आएका थिए। यसबीचमा ट्रम्पलाई हालै कोरोना भाइरसको संक्रमण भएको थियो ।
ट्रम्पलाई कोरोनाको संक्रमण हुना साथ राजु ट्रम्पको स्वास्थ्य लाभको लागि भन्दै ब्रत बसेको भारतीय संचारमाध्यमले जनाएको छ ।
उनी पाँच दिन ब्रत बसेका थिए। त्यसबीचमा उनले खाना र पानी केही सेवन गरेनन ्।
Sponsored
गत शनिबार जब उनले ट्रम्प केही स्वस्थ बनेको खबर सुन, उनले ब्रत तोडेका थिए ।
चियाँ पिउँदै उनले ब्रत तोडेका थिए। तर ब्रत तोडेको केही समयमै ३२ वर्षका राजुको हृदयघातका कारण मृत्यु भयो ।
सन् २०१६ मा जब ट्रम्प अमेरिकाका राष्ट्रपति बनेका थिए त्यसबेला देखि नै राजुले ट्रम्पलाई आफ्नो आदर्श र भगवान भन्न थालेका थिए । इन्डियन एक्सप्रेस