TodayPati

महोत्तरीमा दुर्घटनामा घाइते नेता मैनालीसहित सबैलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।

महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जनाएको छ।

Sponsored

मैनालीसहित घाइते उनका परिवारिक सदस्य र चालकलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागिभर्ना गरिएको थियो। मैनालीको अवस्था गम्भीर रहेको कारण यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीसहित सबैलाई काठमाडौँ लगिएको हो।

घाइते सबैलाई लिन नेपाली सेनाको हेलिकप्टर बर्दिबासस्थित मध्यपूर्वी प्रितना नेपाली सेनाको क्याम्पमा अवतरण गरेको थियो। अस्पतालबाट त्यहाँसम्म घाइतेहरुलाई एम्बुलेन्समा लगिएको थियो।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

Sponsored

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्। बुहारी पूजाको दुवै खुट्टा मर्किएकोे छ।

महोत्तरीमा सवारी दुर्घटनामा नेता सीपी मैनाली गम्भीर, अन्य ४ जना घाइते

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *