TodayPati

पर्सामा कोरोना संक्रमितको संख्या घट्यो, १० दिनमा ८५ जनामा मात्र संक्रमण

टुडेपाटी-

पर्सा, असोज २७ गते ।

प्रदेश २ को कोरोना उद्गमस्थल पर्सामा समुदायमा कोरोना परीक्षण हुन छाडेको छ । यस्तै कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्ति परीक्षणका लागि जान छाडेका छन् । 

Sponsored

त्यसैले कोरोना संक्रमितको संख्या पनि घट्न थालेको छ । साउनसम्म पर्सामा दैनिक ४०० सम्म कोरोना संक्रमित भेटिएका थिए । 

पर्सामा असोज २६ गते १७ जना, २५ गते एकजना र २४  गते ३६ जनामा कोरोना संक्रमण भएको छ ।

नारायणी अस्पतालको पीसीआर परीक्षण ल्याबले असोज १९ देखि आजसम्म पर्सामा ११ सय तीन जनाको परीक्षण गरेको छ। तीमध्ये ८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

Sponsored

दैनिक अहिले मुस्किलले एक सिफ्ट मात्रै परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । भदौअघिसम्म दैनिक तीन–तीन सिफ्टमा परीक्षण हुन्थ्यो ।

पर्सामा लकडाउनका बेला कोरोना संक्रमण तीव्र रुपमा फैलिएको थियो । 

यस्तै वीरगन्ज महागरनगरपालिकामा पनि परीक्षणको दायरा घटाइएको छ । महानगरपालिकाले एक घर एक पीसीआर परीक्षण गर्ने निर्णय गरेपछि वडा नम्बर २, ३, ९, ११ र २५ मा पहिलो चरणको परीक्षण गरिएको थियो । 

त्यसलगत्तै महानगरपालिकाका मेयर विजयकुमार सराबगी र महानगरकै कर्मचारी संक्रमित भए । अनि कन्ट्याक्ट ट्रेसिङ र लक्षण देखिएका बाहेकका सबै परीक्षण बन्द गरिएको थियो ।

साउनदेखि बन्द पीसीआर परीक्षण चाँडै सुरु गरिने वीरगन्ज महानगरपालिकाका गुनासो सुनुवाइ अधिकारी अरुणकुमार महतो बताउँछन् । 

उनी भन्छन्, ‘पीसीआर ल्याबमा पर्याप्त नभए पनि तीन सिफ्टमा परीक्षण गरिएको थियो । मास परीक्षणका लागि जनशक्ति थप्ने तयारी छ ।’

नारायणी अस्पतालको पीसीआर पीसीआर मेसिनमा एकपटकमा बढीमा ९६ जनाको परीक्षण गरिन्छ । ९६/९६ जनाको परीक्षण गर्दा र ८/१० जनाको परीक्षण गर्दा पनि उत्तिकै खर्च लाग्ने भएकाले कुनैको रिपोर्ट ढिला गरी दिन थालिएको छ । 

मंगलबार नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन महिलासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *