TodayPati

बंगलादेशमा बलात्कारीलाई अब मृत्युदण्ड हुने

एजेन्सी

जनकपुरधाम, असोज २७ गते ।

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड हुने भएको छ । बलात्कार जस्तो जघन्य मुद्दामा दोषीलाई कडा सजाय दिन भन्दै कानुन नै संशोधन गरिएको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।

Sponsored

कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताएका छन् । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

राजधानी ढाकामा गरिएको प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका थिए । अधिकारवादी संस्थाहरूका अनुसार बंगलादेशमा गत वर्ष ५ हजार ४ सय जना बलात्कारको सिकार भएका थिए । प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशमार्फत कानुन ल्याउने निर्णय गरेको हो । मन्त्री हकले अहिले संसद्को सत्र चालु नभएकाले अध्यादेश जारी गर्नुपरेको बताए ।

निर्णयको चौतर्फी स्वागत हुने अपेक्षा गरिएको छ । तर कपितय अधिकारकर्मीले बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

Sponsored

बेगमगन्जमा खिचिएको एक भिडियोमा देखिएका आक्रमणकारीहरूमध्ये एक जनाले महिलालाई बलात्कार गरेको आरोप लागेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *