TodayPati

धनौजी गाउँपालिकामा एक महिनापछि खुल्यो ताला

टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।

विगत एक महिलादेखि धनुषाको धनौजी गाउँपालिकामा लागेको ताला आज खुलेको छ । बेलाबेलामा पालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिरहेकोले गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षले करिब एक महिनादेखि पालिकामा ताला लगाएको थियो । तालाका कारण सेवाग्राहीले सास्ती भोगिरहनुपरेको थियो ।

अध्यक्ष बद्री सिंहसँग असन्तुष्ट धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवतीदेवी मण्डल र केही वडा अध्यक्षहरूले पालिकाको मुख्य प्रवेशद्वारमै ताला लगाएपछि कार्यालयको कामकाज प्रभावित भएको थियो ।

Sponsored

पालिका गठन भएको तीन बवर्षको अवधिमा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिनुमा पालिका अध्यक्ष दोषी रहेको आरोप लगाउँदै ताला लागेको थियो । हाल धनौजी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कन्हैयाकुमार मिश्र हाजिर भइसकेका छन् ।

कार्यालयमा लगाइएको ताला खुलाउन पटकपटक छलफल भए पनि सहमति हुन नसक्दा तालाबन्दी यथावत थियो । २५ असोजमा भएको छलफलमा तालाबन्दी खोल्ने निर्णय भएको र सोहीअनुरूप ताला खोलिएको अध्यक्ष सिंहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *