TodayPati

कोरोना महामारीले स्थगित प्रदेश २ को प्रदेश सभा बैठक आज बस्दै

टुडेपाटी

जनकपुरधाम, असोज २५ गते ।

कोरोना भाइरस महामारीले लामो समयदेखि स्थगित भएको प्रदेश २ को प्रदेशसभा बैठक आज बस्ने भएको छ ।

Sponsored

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।

स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर बैठक राखिने सभामुख सरोजकुमार यादवले जानकारी दिए।

विभिन्न समितिहरूमा छलफल गरी टुंग्याइएका विधेयकहरू प्रदेशसभामा पेश गर्ने कार्यसूची छ। यसअघि बजेट छलफल गरी पारित गरेपछि बैठक स्थगित भएको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *