TodayPati

अजरबैजान–अर्मेनिया युद्धमा ४ सय व्यक्ति मारिए, यसकारण सुरु भयो युद्ध

एजेन्सी

जनकपुरधाम, असोज २४ गते ।

अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धविरामका विषयमा सहमति भएको बताइएको छ ।

Sponsored

यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेशमन्त्रीले जानकारी दिए ।
रुसी राजधानी मस्कोमा गएको करिब १० घन्टासम्म यी दुई देशबीच वार्ता भएको थियो । उक्त वार्तापछि युद्धविरामको सहमति भएको रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जानकारी दिएको जनाइएको छ ।

अब यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसी विदेशमन्त्री लाभरोभले जानकारी गराए । यी दुई देशकाबीचमा दशकौंदेखि भूमिसम्बन्धी विवाद रही आएको छ । यी दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको छ ।

हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समयमा यी दुई देशबीच भएको युद्धमा परेर करिब ४०० जनाले ज्यान गुमाएका पनि जनाइएको छ ।

Sponsored

काराबाख क्षेत्रमा युद्ध बढ्दै गएपछि विश्व समुदायको ध्यान त्यसतर्फ पुगेको थियो । त्यहाँ युद्ध भने जारी छ ।

त्यस युद्धको अन्त्यको पहलस्वरुप रुसले मध्यस्थता थालेको थियो । शनिबार पनि रुसकै पहलमा यी दुई देश युद्धविरामका लागि तयार भएका हुन् ।

अर्मेनियामा रुसको सैन्य आधारशिविर पनि रहेको बताइएको छ । त्यस्तै, अजरबैजानसँग पनि रुसको सम्बन्ध रहेको बताइएको छ ।

विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर, त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समूहको नियन्त्रणमा रही आएको छ ।

सोही क्षेत्रलाई लिएर यसअघि पनि सन् १९९१ देखि १९९४ सम्म दुई मुलुकबीच युद्ध भएको थियो । त्यस युद्धमा हजारौं नागरिकको ज्यान गएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *