TodayPati

जनकपुर–जयनगर रेल चैत १८ मा जनकपुर आइपुग्ने, एकैपटक १२ सय यात्रु यात्रा गर्न सक्ने

टुडेपाटी-
जनकपुरधाम, फागुन १५ गते ।

भारतमा निर्माण भइरहेको जनकपुर–जयनगर चल्ने दुई सेट रेल अगामी चैत १८ गते नेपाल आइपुग्ने भएको छ । भारतको मद्रासमा निर्माणाधीन दुई वटा रेल अगामी चैत १८ गते रेल निर्माता कम्पनी कोकनले नेपाललाई हस्तान्तरण गर्ने रेल विभाका महा निर्देशक बलराम मिश्रले जानकारी दिए ।


नेपाल सरकारले भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका रेलमा एकैपटक १२ सय यात्रुले यात्रा गर्न सक्ने रेल्वे विभागले जनाएको छ । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।

Sponsored

रेल्वे विभागले रेल सञ्चालनका चालक सहित विभिन्न पदका २६ जना कर्मचारीको लागि विज्ञापन निकालेको छ । कर्मचारी भर्ना भइसकेपछि रेल सञ्चालनमा आउने जनाएको छ ।
पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा सञ्चालनको लागि तयार भएको ब्रोडगेज लिकमा रेल सेवा गुड्ने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *