सप्तरीमा कोरोनाबाट थप एक जनाको मृत्यु
शुभनारायण यादव-
सप्तरी, असोज २३ गते ।
कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा थप एकजनाको मृत्यु भएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका ४ का ६७ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
संक्रण पुष्टि भएपछि आइसोलेशनमा बसेका ती व्यक्तिलाई स्वास्थ्यमा समस्या भएपछि असोज १८ गते राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो ।
बिहीबार राति थप उपचारको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनी निमोनियाबाट पीडित थिए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।