TodayPati

गरिब भोकले मर्दै तर सप्तरीको छिन्नमस्ता गाउँपालिकाले ल्यापटप र मोबाइलमै खर्चे ५६ लाख

शुभ नरायण यादव

सप्तरी, असोज २१ गते ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा मोबाईल र ल्यापटप खरिदमै ५६ लाख बढी रुपैँया खर्चेको खुलेको छ । कोरोना महामारीका कारण गरिब तथा विपन्न वर्गका जनता लगातारको बन्दाबन्दीका कारणले भोकभोकै बस्नुपर्ने अवस्थामा छिन्नमस्ता गाउँपालिकाले मोबाईल सेट र ल्यापटप खरीदमै ५६ लाख बढी खर्च गरेको खुलेको हो ।

Sponsored

गाउँपालिकाको जिन्सी शाखाको तथ्याङ्गका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा गाउँपालिकाले ७ थान मोबाईल सेट खरिदमा २ लाख ८८ हजार १० रुपैयाँ र विभो कम्पनीको ३ थान मोबाईल सेट खरीदमा १ लाख ८९ हजार ६ सय खर्च भएको जनाएको छ ।

यस्तै सामसुङ्ग कम्पनीको २ थान मोबाईल सेट खरीदमा ३२ हजार ,नोकिया कम्पनीको ६ थान मोबाईकल सेट खरिदमा २४ हजार ३ सय र रेडमी मोबाईल सेट ३ थान खरिदमा १ लाख ३५ हजार खर्च भएको जनाएको छ ।
गाउँपालिकाले खरिद गरेको ती मोबाईल सेटहरु अधिकांश जनप्रतिनिधि तथा कर्मचारीहरुले चलाईरहेको बताइएको छ । गाउँपालिकाका अनुसार रेडमी मोबाईल सेट ३ थान खरिदमा १ लाख ३५ हजार खर्च भएको छ ।

यसैगरी गाउँपालिकाले खरिद गरेका ती मोबाईल सेटहरु अधिकांश जनप्रतिनिधि तथा कर्मचारीहरुले चलाईरहेको श्रोतले जनाएको छ । तर मोबाईल सेट खरिदको नाउँमा बजेट खर्च भईसकेको जिन्सी शाखाको तथ्याङ्गका उल्लेख गरीएको छ ।

Sponsored

त्यसैगरी ३५ थान ल्यापटप खरिदमा २६ लाख ७५ हजार ३ सय ४४ रुपैया ९५ पैसा ,एसुस कम्पनीको ल्यापटप १६ थान खरिदमा १४ दाख १५ हजार २ सय ६२ रुपैयाँ १० पैसा र ३७ थान प्रिन्टर र बिलिङ्ग प्रिन्टर खरिदमा ८८ लाख ७ हजार ९५ रुपैयाँ ७५ पैसा खर्च भएको जनाएको छ । छिन्नमस्ता गाउँपालिकाले मोबाईल सेट र ल्यापटप खरीदमै कुल ५६ लाख ४६ हजार ६ सय ११ रुपैयाँ भन्दा बढी खर्च गरीएको गाउँपालिका श्रोतले जनाएको छ ।

तर सो मोबाईल सेट र ल्यापटप खरिद नै नगरी गाउँपालिकाले रकम भुक्तानी दिएको स्थानीयहरुको आशंका छ । फर्जी बिल बनाएर बजेट सिध्याएको हुनसक्ने स्थानीयहरुले बताएका छन् । स्थानीय जनप्रतिनिधिहरुले समेत आफुहरुले अहिलेसम्म गाउँपालिकाबाट कुनै पनि मोबाईल सेट अथवा ल्यापटप समेत प्राप्त नगरेको बताउँछन् ।

छिन्नमस्ता गाउँपालिका वडा न. ६ का वडाअध्यक्ष बिरेन्द्र साह मण्डल आफुले आफनो वडामा अहिलेसम्म वडा सचिवलाई समेत ल्यापटप तथा मोबाईल अहिले पनि नहेरेको तथा आफुले पनि कुनै मोबाईल तथा ल्यापटप नपाएको बताए ।

वडा न. २ का वडाअध्यक्ष चुनचुन साहले समेत यस्तै प्रतिक्रिया दिए । नेकपाका स्थानीय नेता जय प्रकाश यादवले भने, ‘उँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले अहिले संसार कोरोना महामारीको क्रासले विगत लामो समयदेखिको लकडाउन तथा बन्दा बन्दीका कारणले यहाँका गरीब ,निमुखा तथा मेहनत मजदुरी गर्ने सर्वसाधारण्ण जनताहरुले भोकभोकै बस्नुपर्ने बेलामा यहाँका जनप्रतिनिधिहरुले आफुखुशि आधा करोड भन्दा बढीको मोबाईल सेट र ल्यापटप दरीद गरेर व्यापक आर्थिक अनियमितता गरेका छन् ।’

यसैबिच सो सम्बन्धमा गाउँपालिकाका प्रमु्ख प्रशासकिय अधिकृत खेम थापाले आथिर्क वर्ष २०७६–०७७ मा गाउँपालिकाले मोबाईल सेट तथा ल्यापटप खरिद गरेको स्विकार्दै सो कर्मचारी र जनप्रतिनिधिहरुले प्रयोग गर्दै आईरहेको बताउनुभयो

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *