TodayPati

गौशाला नगरपालिकालाई नमुना स्वास्थ्य संस्थाको रुपमा स्थापित गर्ने मेयर महतोको उदघोष

टुडेपाटी

गौशाला, असोज २१ गते ।

गौशाला नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थालाई जिल्लाकै नमुना स्वास्थ्य संस्थाको रुपमा स्थापित गर्ने नगरप्रमुख शिवनाथ महतोले उद्घोष गरेका छन् ।

Sponsored

बुधवार गौशाला नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक बर्ष २०७६। ०७७ को स्वास्थ्य संस्थ्याको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख महतोले तोकिएकै समयमा उत्कृष्ट कार्यसम्पादन गर्दै सो जिम्मेवारी पुरा गर्नका लागि स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको हो ।

उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण तपाईहरु तयार गर्नुस स्वास्थ्यकर्मीलाई नगरप्रमुख महतोेले आग्रह गर्नुभयो । उहाँले अगाडि भन्नुभयो–“नगरपालिका हरेक किसिमको सहयोग गर्नका लागि तयार छ । चाहे भौतिक सुविधा होस या स्वास्थ्यसंग सम्बन्धित विषयवस्तु नगरपालिका समयमै वातावरण निर्माण गर्न तयार छ ।”

नगरप्रमुख महतोले स्वास्थ्य शाखाका संयोजकलाई निर्देशन दिदै भन्नुभयो–“तपाई अनुगमन गर्नुस, गल्ती गर्नेलाई कारवाही र राम्रो कामलाई प्रसंशा गर्दै हौसला बढाउनुस । अब कार्यालयमा बसि कलम चलाएर मात्र भएन, फिल्डमा गई समस्या पहिल्याउनुस । अधिकांश समय स्वास्थ्य संस्थामा कार्यरत रहनुभएका स्वास्थ्यकर्मीहरुको समस्या तोकिएकै समयमा समाधन गर्नुस ।”

Sponsored

कार्यक्रमकाबीच नगरप्रमुख महतोले न्युनतम शुल्क निर्धारण गरि विरामी पुर्जा लागु गरि हरेक स्वास्थ्यसंस्थामा चुस्त दुरुस्त तरिकाले स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको हो ।

नगरभरिमा रहेका हरेक स्वास्थ्य संस्थामा रहेको भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिका तयार रहेकोेले यहि आर्थिक बर्षमा सो कार्य पुरा हुने नगरस्वास्थ्य संयोजक रामप्रकाश महतोले प्रतिवद्धता जनाउनुभयो । दुई दिवसीय स्वास्थ्य समीक्षा बैठकबाट प्राप्त भएको सुझाव एवम सोही क्रममा पाएको निर्देशनलाई पालना गर्दै नगर स्वास्थ्य शाखाले अगामी दिन कार्यसम्पादनका लागि पहलकदमी गरिने महतोले प्रतिक्रिया दिनुभयो ।

हरेक स्वास्थ्य संस्थामा आवश्यक सर्जिकल सामग्री र औषधीहरु समयमै पुर्ति गर्नका लागि प्राथामिक स्वास्थ्य केन्द्र गौशालाका ईन्चार्ज विजय कुमार सिंहले सरोकारवाला निकायसमक्ष आग्रह गर्नुभयो । यहाँका स्वास्थ्य संस्थालाई जिल्लामै उत्कृष्ट हुने गरि कार्यसम्पादन गर्दै आएतापनि लकडाउनको कारण सो लक्ष्यमा पुग्न नसकि तेस्रो स्थान ल्याएको ईन्चार्ज सिंहले बताउनुभयो ।

गौशाला नगरपालिकामा सम्पन्न भएको दुई दिवसीय सो समीक्षा बैठकमा यहाँका स्वास्थ्य संस्थाका ईन्चार्जहरुको सहभागी रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *