कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, एकाबिहानै ६२ संक्रमित थपिए
टुडेपाटी
काठमाडौँ, असोज २१ गते ।
कोरोना भाइरसको संक्रमणबाट चितवन र बुटवल गरी थप चार जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकका ७८ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
७८ वर्षीय पुरुषको आज बिहान साढे पांँचबजे मृत्यु भएको हो । उनी असोज १९ गते अस्पताल भर्ना भएका थिए भने २० गते कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै भने ६१ वर्षीय पुरुषको मंगलबार बेलुका मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनी सोमबार अस्पताल भर्ना भएका थिए । उनमा मंगलबार कोरोना पुष्टि भएको थियो । यस्तै
बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ ।
नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
Sponsored
गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमले जानकारी दिए । उनको बुधबार बिहान १२ बजेर ५० मिनेटमा मृत्यु भएको गौतमले बताए ।
बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको उनले बताए । सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु कुनै समस्या नभएको उनले बताए ।
गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि ती महिलाको सोही दिनबाट उपचार सुरू गरिएको थियो ।
त्यस्तै चितवनमा ६ वर्षीय बालकसहित थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् । बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट हुम्ला र मोरङका एकरएक जना पुरूष रहेको अस्पताल प्रशासनले जनाएको छ ।
भरतपुर अस्पतालले मंगलबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २७ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै खैरहनीका ३ पुरूष र २ महिलामा पनि संक्रमण भएको छ । माडीका एक पुरूष, रत्ननगर र कालिकाका एक÷एक जना पुरूष र राप्तीका ६ पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड(१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।