धनुषामा शौच गर्न गएकी किशोरी बलात्कृत, युवक पक्राउ
टुडेपाटी-
जनकपुरधाम, असोज २० गते ।
धनुषामा शौच गर्न गएकी किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकी युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिकाका २० वर्षीय छिमेकी २० वर्षीय जिबछ राम छन् ।
छिमेक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जानकारीपछि रामलाई मंगलबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धनुषाधाका प्रहरी निरीक्षक सुरश ठाकुरले जानकारी दिए ।
शुक्रबार साँझ घर पछाडी शौच गर्न गएकी ती किशोरीलाई छिमेकी युवकले बलात्कार गरेका पीडित परिवारले मंगलबार प्रहरीमा उजुरी दिएका छन् । सोहि उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान धालेको प्रहरी निरीक्षक ठाकुरले बताए ।
पीडित किशोरी र आरोपित युवकको प्रदेश अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गराइएको छ ।
Sponsored