TodayPati

प्रदेश ५ को नाम ‘लुम्बिनी’ र स्थायी राजधानी ‘देउखुरी’ पारित

टुडेपाटी-
बुटवल, असोज २० गते ।

लामो रस्साकस्सी र विवादबिच प्रदेश नं. ५ को नाम र राजधानीको मंगलबार टुंगो लागेको छ । मंगलबार प्रदेश सभा बैठकमा भएको मतदान प्रक्रिया मार्फत प्रदेश ५ को नाम र राजधानी टुंगो लागेको हो ।

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दांगको देउखुरी कायम भएको हो । प्रदशको नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो । नाम लुम्बिनी प्रस्तावमा पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ ।

Sponsored

यस्तै प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बहुमतले पारित भएको छ । देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे ।

पहिले राजधानी र लगतै नामको लागि पालैपालो मतदान भएको थियो ।

प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *