प्रदेश ५ को राजधानी दाङको देउखुरी बहुमतले पारित
टुडेपाटी-
बुटवल, असोज २० गते ।
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी हुने निश्चित भएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतले प्रदेश ५ को राजधानी दाङको देउखुरी टुंगो लागेको हो ।
देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे ।
प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।
अब प्रदेशको नाम टुंगो लगाउने विषयमा मतदान प्रकृया शुरु भएको छ । प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरिएको छ।
Sponsored