TodayPati

बलात्कारको घटना ५ सयमा मिलाउने ६ जना पक्राउ

टुडेपाटी-

बझाङ, असोज २० गते ।

बझाङमा बलात्कारको घटनालाई गाउँमै मिलापत्र गराउने ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मष्टा गाउँपालिका– २ का गल्फे बोहरा, लालबहादुर बोहरा, धनचडी बोहरा, थमकला बोहरा, बिरु दमाईं र वडा नं. ३ का धौल दमाईं छन् ।

Sponsored

गत २९ साउनमा मष्टा गाउँपालिका– २ की १३ वर्षीय बालिकालाई घट्ट गएका वेला स्थानीय २० वर्षीय राजेन्द्र बोहराले जबर्जस्ती करणी गरेका थिए । ३१ साउनमा गाउँलेहरूले बोहराबाट पाँच सय रुपैयाँ तिराई माफी मगाएर बलात्कारको घटना छिपाएका थिए । तर, डेढ महिना नबित्दै तिनै राजेन्द्र बोहराले १२ वर्षीय सम्झना कामीको बलात्कारपछि हत्या गरेपछि बलात्कारको घटनामा मिलापत्र भएको सार्वजनिक भएको थियो । 

पक्राउ गरिएकाविरुद्ध कानुनबमोजिम कारबाही अघि बढाउने डिएसपी रूपक खड्काले जानकारी दिए । बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका बोहराले सम्झनाको बलात्कारपछि हत्यासमेत आफैँले गरेको स्वीकार गरिसकेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *