प्रदेश ५ को प्रदेश सभाको बैठकमा कुर्सी तोडफोड
टुडेपाटी-
बुटवल, असोज १९ गते ।
प्रदेश ५ को प्रदेश सभाको बैठकमा कुर्सी तोडफोड भएको छ ।
विरोधबीच सभामुखले बैठक प्रक्रिया अगाडि बढाएपछि नेपाली कांग्रेसका वैजनाथ कलवार र ओसिउद्दिन खान तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले कुर्सी तोडफोड गरेका थिए ।
त्यसैगरी कांग्रेसकै निर्मला क्षेत्री, पुष्पा थरुनी र रमा अर्यालले डेस्क जडान गरिएका माइकहरु तोडफोड गरेका थिए ।
विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन् ।
Sponsored
विपक्षी सांसदले नाराबाजी गरिरहेका बेला सत्तारुढ नेकपाका सांसदहरुले राजधानी दाङ सार्ने प्रस्तावबारे आफ्ना धारणा राखेका थिए ।