रेल्वेमा जागिर : २९ पदमा ३२ हजार बढीको आवेदन, कुन पदमा कति ?
नितेश यादव-
जनकपुरधाम, असोज १७ गते ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले ६ महिनाको लागि १२९ जना कर्मचारी करारमा पदपुर्ति गर्न आह्वान गरिएको आवेदनमा ३२ हजार भन्दा बढीले दरखास्त दिएका छन् । आवेदन लिने अन्तिम मिति १२ असोजसम्म ३२ हजार ६ सय ८६ जनाले फारम भरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
उनका अनुसार डकुमेन्ट भ्यालिडिटी रुजु गरे पश्चात् आवश्यक डकुमेन्ट पेश नगर्नेहरुको संख्या हटाउँदा केही मात्रामा संख्या तलमाथि हुन सक्छ । उनले अन्तिम संख्या मध्ये मेरिट लिस्टमा आएकालाई अन्तर्वातामा बोलाउने बताए ।
’प्रशासनिक काम सकिएपछी अन्तरवार्ताको लागि सूचना जारी हुनेछ । नयाँ डेभलप्मेन्ट हुने बित्तिकै पारदर्शी रुपमा जानकारी गराउने नै छौं’, उनले भने । अनावश्यक हल्लाको पछाडि नलाग्न उनले आग्रह समेत गरेका छन् ।
कुन पदका लागि कतिले दिए आवेदन ?
रेल्वेमा २९ वटा विभिन्न पद मध्ये सबैभन्दा बढी सहायक स्टेशन मास्टरमा आवेदन परेको छ । नौ संख्याको लागि निस्केको सहायक स्टेशन मास्टरमा ८ हजार ६ सय ७४ जनाले फारम भरेका छन् । त्यस्तै टिकट बिक्रेता सहायकमा पनि १० पदाका लागि ६ हजार ४३ जनाले आवेदन फारम भएका छन् । ४ पदका लागि टिकट कलेक्टरमा २ हजार ९ सय १२ जना फारम भरेका छन् ।
त्यसैगरी गेट म्यानमा २५ जना कर्मचारीको लागि १ हजार ५५ जनाले आवेदन दिएका छन् । प्रमुख प्रशासन सहायकमा ३ कर्मचारीका लागि १ हजार ८ सय ९२ जनाले आवेद दिएका छन् भने कार्यालय सहयोगीमा ८ जनाका लागि १ हजार ७ सय ९३ जनाले आवेदन फारमा भरेका छन् ।
Sponsored
त्यस्तै कम्प्युटर अपरेटर ३ पदका लागि १ हजार ३ सय ९८ जना, टिटिई ३ पदका लागि १ हजार २०१ जना, लेखापाल २ पदका लागि १ हजार ४६ जनाले फारम भरेका छन् । शाखा अधिकृत १ पदका लागि २ सय ५४ जना, कानून अधिकृत १ पदमा ६२ जना, स्टेशन मास्टर ३ पदका लागि ९०८ जना, सव इन्जिनियर ३ पदका लागि ९४७ जनाले आवेदन फारम भरेका छन् ।
त्यस्तै क्यासियर १ पदका लागि ५१८ जना, पीडब्लूआई १ पदका लागि १४७ जना, फोरम्यान २ ज.पदमा २५४ जना, इलेक्टि्सियन २ पदमा ५०९ जना, अमिन १ पदका लागि १९३ जना, इएसटीएमएस ४ पदमा १९३ जना, रेल गार्ड ३ पदका लागि ४२२ जना, ग्यांगम्यान ईन्चार्ज ७ पदमा ३४० जना, की म्यान ७ पदमा १३५ जना, हेल्पर १ पदमा १४३ जना, अको हेल्पर २ पदमा १४९ जना, पोइन्ट्स म्यान ७ पदमा १२८ जना, ग्यांगम्यान १४ पदमा ४१० जना र ट्रली चालक २ पदका लागि ७५ जनाले आवेदन फारम भरेका छन् ।
सीमित २९ पदका लागि १२९ संख्यामा कर्मचारी भर्नाका लागि आवदेन आह्वान गरेको थियो ।