TodayPati

सर्लाहीमा ‘फेक’ इन्काउण्टर : इन्सपेक्टर साह सहित दुइ जना हवल्दारलाई हेडक्वाटर बोलाएर सोधपुछ

टुडेपाटी
काठमाडौँ, फागुन १४ गते ।
सर्लाहीस्थ्ति सागरनाथ जंगलमा विपलनेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलमाथि फेक इन्काउन्टर गरी हत्या गरेको आरोप लागेका तीन प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालय (हेडर्क्वाटर) तानेर सोधपुछ गरिएको छ।पौडेल हत्यामा संलग्न भएको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह र हवल्दारद्वय सत्यनारायण मिश्र र विनोद साहलाई हेडक्वाटर तानेर सोधपुछ गरिएको स्रोतले जानकारी दिएको छ।
तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल सकिए लगत्तै उनीहरू तीनै जनालाई हेडक्वार्टर तानिएको थियो। खनालले उनीहरूलाई प्रदेश २ मा घुमुवा प्रहरीका रूपमा खटाएका थिए।

हेडक्वार्टरमा तानिएका तीनै जना प्रहरीमाथि पौडेल हत्याबारेमा सोधपुछ गरिएको स्रोतले जानकारी दिएको छ।

विशेष ब्युरोमा दरबन्दी रहेका उनीहरू तत्कालीन आइजी खनालकै निर्देशनमा सर्लाहीमा खटिएका थिए। पछि उनीहरूकै टोलीले गत असार ५ गते पौडेलको हत्या गरेको आरोप लागेको छ।

Sponsored

पौडेल दोहोरो मुठभेडमा मारिएको भनिए पनि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले ुसमातेर हत्या गरिएकोु भन्दै गत मंसिर ३ गते प्रतिवेदन सार्वजनिक गरेको थियो। उनीहरू तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही गर्न भन्दै प्रतिवेदनमा उल्लेख भए पनि कुनै कारबाही भएको थिएन। कारबाही नै नभएपछि गत माघ १७ गते आयोगले गृह मन्त्रालयलाई लिखित निर्देशन दिँदै पौडेल हत्यामा संलग्न प्रहरीलाई कारबाही गर्नु भनेको थियो। आयोगको उक्त पत्र गृह मन्त्रालयबाट हेडक्वार्टर, प्रदेश २ प्रहरी कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेको थियो।

उक्त पत्र सर्लाही पुगेँसँगै उनीहरूलाई हेडक्वाटर झिकाएर सोधपुछ गरिएको स्रोतले जानकारी दिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *