TodayPati

रौतहटमा वडाध्यक्षले भ्रष्टाचार गरेको भन्दै कार्यालय घेराउ गरी प्रदर्शन

टुडेपाटी-
रौतहट, असोज १५ गते ।

रौतहटमा वडाध्यक्षले भ्रष्टाचार गरेको भन्दै कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन् । रौतहटको राजपुर नगरपालिका–७ अकोलवाका वडा अध्यक्ष शेख इन्ताजुल हकले भ्रष्टाचार गरेको भन्दै स्थानीयले बिहीबारवडा कार्यालय पुगेर प्रदर्शन गरेका हुन् ।

वडाध्यक्षविरुद्ध गठित भ्रष्टाचार हटाउ संघर्ष समितिका अध्यक्ष रामप्रवेश सहनीको नेतृत्वका स्थानीयले वडा घेराउ गरेका हुन् । वडा अध्यक्ष हकले मेयर सकिल अख्तर साथै वडा सचिवसँग मिलेमतो गरी विकासको नाममा वडाको बजेटमा ब्रह्मलुट मचाएको आरोप लगाउँदै स्थानीयवासीले वडा कार्यालय घेराउ गरी चर्को नाराबाजी सहित प्रदर्शन गरेको सहनीले जानकारी दिए ।

Sponsored

कागजमै सडक ढलान गरी रकम निकालेको, ढलान गरिएको सडकको गुणस्तर नभएको, वृद्धभत्ता वितरणमा अनयिमितता गरेको लगायतका स्थानीयले आरोप लगाएका छन् । जनचेतनामूलक तालिम गोष्ठी नै नगरी करिब २० लाख रकम सामाजिक बिकासको नाममा झिकेको, कोरोनाको नाममा वडालाई पप्त भएको राहत नबाँडेको स्थानीयको आरोप छ ।

वडाध्यक्ष इन्ताजुल हकले निर्वाचित भएयता आफुखुसी बजेट परिचालन गरेकोमा पनि स्थानीय आक्रोसित भएका छन् । अबको केही दिन भित्रमा खर्च विवरण जनतामा सार्वजनिक नगरे वडा अध्यक्ष हकको भ्रष्टाचारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने समितिले चेतावनी दिए ।

यता वडाध्यक्ष शेख इन्ताजुल हकले आफू एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरे । केही व्यक्तिले आफ्नो स्वार्थ पूर्ति नहुँदा आफूलाई बद्नाम गर्न आफ्ना बारेमा कपोकल््पत एवं झूठा आरोप लगाएको उनले बताए । उनले अबको दुई तीन दिन भित्रमा आफूले गरेको सम्पूर्ण विकास निर्माणको कामको खर्चको विवरण सार्वजनिक गर्ने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *