TodayPati

बलिउडमा शाहरुख खान, रणबीर कपुर सहित यी चार अभिनेताले पनि ‘ड्रग्स’ लिएको खुलासा

एजेन्सी

जनकपुरधाम, असोज १५ गते ।

लिउडमा लागुऔषध (ड्रग्स) को प्रयोग गर्नेमा नायिकापछि एकैपट चार जना अभिनेताको नाम मुछिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले गरेको अनुसन्धानमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् ।

Sponsored

दैनिक भाष्करले एनसीबीका अधिकारीको हवाला दिँदै अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्दै आएको बताएको छ ।

दिल्लीका एनसीबी अधिकारीले नाम नछाप्ने शर्तमा बलिउडका ठुला नायकहरुको ड्रग्स कनेक्सनबारे खुलासा गरेको दैनिक भाष्करले उल्लेख गरेको छ ।

बलिउड नायकहरुको नाम लिँदा ती अधिकारीले ए, डी, आर र एस कोडमा नाम प्रयोग गरेको र ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डी’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणवीर कपूर र ‘एस’ को अर्थ शाहरुख खान भएको दाबी गरिएको छ ।

Sponsored

यसबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसअघि बलिउड नायिका दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर लगायतका नायिकाहरूले ड्रग्स सेवन गरेको विवरणहरू सार्वजनिक भएका थिए ।

गत जुन १४ मा सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड सेलिब्रेटीले लागुऔषध सेवन गर्नेबारे अनुसन्धान भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *