TodayPati

१५ दिनपछि भारतमा सिनेमा हल र स्कुल खुल्ने, यस्तो नियम पालना गर्नुपर्ने

टुडेपाटी

जनकपुरधाम, असोेज १५ गते ।

भारतमा लामो समयदेखि बन्द सिनेमा हलहरु यही अक्टोबर १५ तारिखदेखि खुल्ने भएका छन्।

Sponsored

अनलक–५ गाइडलाइन जारी गर्दै सरकारले सिनेमा हल, मल्टिप्लेक्स, एक्जिबिसन हल, इन्टरटेनमेन्ट पार्कलगायत अन्य थुप्रै सेवा खोल्ने अनुमति दिएको हो।

अनलक ५ अन्तर्गत नै गएको मार्चदेखि बन्द स्कुल पनि अक्टोबर १५ देखि नै खुल्ने भएका छन्।

यसको अन्तिम निर्णय लिने जिम्मा भने सम्बन्धीत प्रदेश र विद्यालयलाई नै दिइएको भारतीय संचार माध्यमले जनाएका छन् ।

Sponsored

लामो समयदेखि बन्द भएका विद्यालयहरुले संक्रमणको अवस्था रहेर आफैले खोल्ने र बन्द गर्ने निर्णय गर्न सक्ने छन् । केन्द्र सरकारले सकेसम्म दुरी सिकाई लाई नै प्राथमिकता दिन भनेको छ ।

यस्तै असोज २९ गतेदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरन्जन स्थल खोल्ने अनुमति भारत सरकारले दिएको छ ।

तर सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशत अर्थात आधा सीट खाली हुनुपर्नेछ । यसका लागि सरकारले छुट्टै निर्देशिका जारी गर्नेछ ।

अनलक ५ अन्तर्गत सामाजिक, शैक्षिक, खेल, मनोरञ्जन, सांस्कृतिक, धार्मिक, राजनीतिक तथा अन्य कार्यक्रममा १०० जनाभन्दा बढी सहभागी हुन पाइनेछैन।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हाल ६१ लाख २८ हजार २ सयभन्दा धेरै संक्रमित छन् भने ९७ हजार ४ सय ९७ जनाको मृत्यु भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *