TodayPati

वामदेवविरुद्धको रिट पूर्ण इजलासमा सुनवाइ हुँदै

टुडेपाटी-

काठमाडौं, असोज १४ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनाेनयनबिरूद्व परेकाे रिटबारे सर्वाेच्च अदालतमा अहिले बहुप्रतिक्षित सुनुवाई हुँदैछ । 

Sponsored

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चुनावमा पराजित भएका वामेदव गाैतम राष्ट्रिय सभाको सदस्य र मन्त्री हुन अयोग्य हुने भन्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रियसभा र गौतमलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्च अन्तरिम आदेश दिइएकाे रिटमा बुधबार पूर्ण इजलासमा सुनुवाई हुन लागेकाे हाे । पूर्ण इजालसमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराका साथै न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वेम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा रहेका छन् । 

गौतमले यसअघि पद तथा गोपनियताको सपथ लिइसकेका छन् । सरकार पुर्नगठनको चर्चा चलिरहेको बेला गौतमको सुनुवाइ चासोपूर्वक हेरिएको छ । 

Sponsored

गौतम प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया–२ बाट पराजित भएका थिए । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *