TodayPati

लोकसेवा परीक्षा तालिका सार्वजनिक, कुन पदको परिक्षा कहिले र कहाँ हुने ?

टुडेपाटी

जनकपुरधम, असोज १४ गते ।

कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा लोकसेवा आयोगले क्रमशः कात्तिक र मंसिरमा सञ्चालन गर्ने भएको छ।

Sponsored

त्यसका लागि आयोगले परीक्षा तालिका सार्वजनिक गरेको छ। प्रकाशित सूचनाअनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गते र नायब सुब्बाको परीक्षा मंसिर ८ गते सुरु हुनेछन्।

शाखा अधिकृत वा सो सरह पद तथा नायब सुब्बा वा सो सरह पदका लागि आर्थिक वर्ष ०७६र७७ मा सञ्चालित प्रथम चरणको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारको दोस्रो चरण र न्याय सेवातर्फका उम्मेदवारको परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरिएको लोकसेवाले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *