लकडाउन अवधिको प्राधिकरणले जरिवाना लिएको भन्दै जसपाद्वारा वीरगञ्जमा धर्ना
टुडेपाटी-
वीरगञ्ज, असोज १३ गते ।
वीरगञ्जमा विद्युत प्राधिकरणले लकडाउन अवधिको महसुलमा जरिवाना लिएको भन्दै जनता समाजबादी पार्टीले बिरोध गर्दै धर्ना दिएको छ । जसपा वीरगञ्जले मंगलबार बिरोध स्वरुप नेपाल विद्युत प्राधिकरण प्राधिकरण वीरगञ्ज बितरण केन्द्रमा धर्ना दिएको हो ।
प्राधिकरण वीरगञ्जले पर्साबासीहरुसित महसुलमा जरिवाना लिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको धर्नामा सहभागी सांसद प्रदिप यादवले जानकारी दिए ।
उनले प्राधिकरणले जरिवाना लिन थालेकोले जनताहरुलाई लकडाउनमा थप सास्ती परेकोले बढी जरिवाना लिइएको रकम मिनाहा गर्न माग गरे । जरिवाना बापत बढी लिइएको रकम प्राधिकरणले मिनाहा नगरे आफुहरुले महसुल शाखामा तालाबन्दीसमेत गरि दिने सांसद यादवले चेतावनी दिएका थिए ।
उनले कुलमान घिसिङका कार्यकाल सकिएसँगै फेरि प्राधिकरणले एक दुई घण्टा गरि वीरगञ्जमा विद्युत प्राधिकरण कटौती गर्न थालेको पनि आरोप लगाए । प्राधिकरण कार्यालयको मूल गेटमा बिहान १० बजेदेखि १ घण्टा धर्ना दिइएको थियो ।
Sponsored
यसैबीच विद्युत प्राधिकरण पर्साले लकडाउन अवधि भरको बिल महसुलको जरिवाना लिएको भन्दै गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र पर्सामा मंगलबार विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ ।
लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको नेतृत्वमा गएको टोलीले प्राधिकरण वीरगञ्जका प्रमुख शम्भु कुशैत यादवलाई ज्ञापन पत्र बुझाएको हो ।
विद्युत प्राधिरणले जरिवाना लिएपछि आम नेपाली नागरिकलाई सास्ती परेको भन्दै यथाशिघ्र यस्ता र्कायमा सुधार ल्याउन अध्यक्ष सहाबुदिनले आग्रह गरेका थिए । उनले यस्ता समस्याहरुमा सुधार सुधार नल्याए कानुनी प्रकृयामा जाने पनि चेतावनी दिएका छन् ।