TodayPati

नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाउने शिक्षिकालाई फासीको सजाय

टुडेपाटी-

जनकपुरधाम, असोज १३ गते ।

चीनमा नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय दिइएको छ ।

Sponsored

गतवर्ष विष खुवाइएका २५ मध्ये एक विद्यार्थीको मृत्यु भएको थियो । शिक्षिका वाङ युन लाई गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो । अदालतका अनुसार वाङले जिआओजाओ शहरको किन्डरगार्डेनमा विद्यार्थीहरुलाई बिहानको खाजामा सोडियम नाइट्रेड मिसाएर दिएका थिए ।

सँगै कामगर्ने सहकर्मीसँग मनमुटाब भएपछि वाङले बदला लिन ती सहकर्मीका विद्यार्थीको खाजामा विष हालिदिएको बताइएको छ। एजेन्सी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *