TodayPati

नेपालमा कोरोनाविरुद्धको २ करोड ५० लाख डोज खोप आउने निश्चित

टुडेपाटी-

काठमाडौं, असोज १३ गते ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप आउने निश्चित भएको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ ।

Sponsored

नेपाल ल्याइने साढे २ करोड डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने छ । यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको छ ।

‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सहकार्य गरी कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरेका छौं,’ ट्रिनिटीका निर्देशक किशोर अधिकारीले भने, ‘हामी स्पुटनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेका छौं । र, नेपाल सरकारको इजाजत पर्खाइमा छौं ।’

Sponsored

रुसी फन्डले यो सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा पनि प्रकाशित गरेको छ । 

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँगको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्या पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए । 

‘दसकौं अध्ययन गरिएको पद्दतिबाट विकास गरिएको खोप भएका हुनाले यसको प्रभावकारितामा शंका छैन,’ उनले भने ।

यो भ्याक्सिनको क्लिनिकल ट्रायलमा यतिबेला ४० हजार स्वयंसेवी सहभागी रहेको उनले बताए । 

यसको नतिजा ढिलोमा आगामी नोभेम्बरसम्ममा आइसक्ने उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *