सर्वसम्मत सभापतिकालागि तिब्र तयारीमा बिमलेन्द्र निधि, कोइराला, सिंह र सिटौला पनि सकरात्मक
टुडेपाटी
जनकपुरधाम, असोज १३ गते ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको समय नजिकिदै गएपछि अगामी सभापतिकालागि उपसभापति बिमलेन्द्र निधिले पार्टीका नेताहरुसँगको छलफललाई तिब्रता दिएका छन् ।
प्रदेश २ बाट एकक्ष समर्थ पाइसकेका निधिले इतर गुटका नेताहरुलाई सभापतिमा सघाउन आग्रह गर्दै आएका छन् ।
हालसम्मको समिकरण र मधेसी समुदायबाट हालसम्म कोही सभापति नबनेकाले समेत यसपाली निधि सभापति बन्ने सम्भावना बलियो छ । मधेस काँग्रेसको गढ भएकाले समेत अगामी निर्वाचनमा पार्टीलाई मधेसबाटै उकास्न निधिको नेतृत्व आवश्यक रहेको उनका समर्थक नेता तथा कार्यकर्ताहरुले दावी गर्दै आएका छन् ।
साउन २९ गते सभापति देउवालाई भेटेर आसन्न महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका निधिले आज सिटौलासँग गम्भीर छलफल गरेको बुझिएको छ ।
Sponsored
सर्वसम्मत नेतृत्व चयनका लागि आफूले अन्य शीर्ष नेताहरुसँग गरेरको भेटवार्ता सन्दर्भमा निधिले सिटौलालाई ब्रिफिङ गरेका थिए । निधिले यसअघि महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमै पुरेर छलफल गरेका थिए ।
पछिल्लो समय संस्थापन र संस्थापन इतरका युवा नेतासँग भेटवार्ता गरेका निधिले प्रथम राष्ट्रपति रामवरण यादवलगायत मधेसी मुलका नेतासँग पनि छलफल अगाडि बढाएका छन् ।
नेविसंघका पूर्वसभापति समेत रहेका निधिले आफ्नो कार्यकालका पदाधिकारीसँग पनि संवाद गरेका थिए । पछिल्लो गतिवधिले निधि भावी सभापतिका लागि तीव्र तयारीमा रहेको पाइएको छ । भेटघाट र छलफलको क्रममा उनीहरु निधिप्रति सकरात्मक देखिएको बताइएको छ ।
सिटौलासँगको भेटमा निधिले भनेका थिए, ‘सभापति लड्ने कुरा ढेड दुई वर्षदेखि मेरो मनमा थियो । शीर्ष नेतासँग छलफल पनि गरिसकेको छु । सबैलाई अब म लड्छु नै भनिसकेँ । अब म जुनै सुकै ‘सिचुएशन’मा पनि लड्छु । सिटौलाजी हामी मिलेर जानुपर्छ । मैले तपाईसँग सहयोगको अपेक्षा राखेको छु ।’
निधिले देउवासँग बाग्रेनिङ गर्न नभइ सभापतिमा उम्मेदवारी दिने गरी अगाडि बढिसकेको सिटौलालाई सुनाएका थिए । सिटौलाले पनि निधिलाई आवश्यकता अनुसार सहकार्य गर्ने सकिने बचन दिएका छन् । तर, सिटौलाले पनि आफू महाधेविशनको मैदानमै रहेको भन्दै सर्मथन गर्न निधिलाई आग्रह गरेका थिए ।
सिटौलाले भने, ‘निधिजीसँग विचार र दृष्टिकोणका हिसाबले धेरै कुरा मिल्छ । वहाँ यथास्थितिमा बस्ने मान्छे होइन । निधिजीसँग सहकार्य हुने सम्भावना म पनि देख्छु ।’
छलफल एक अर्कालाई सभापतिमा सघाउने तहमा नपुगे पनि सहकार्य गरेर जान सकिनेमा दुवै नेता तयारै रहेको बुझिएको छ । काँग्रेसमा सिटौला र निधिबीच संवैधानिक पद्धति, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धकालगायतका विषयमा समान मत छ ।
यस्तै काँग्रेसमा धर्मनिरपेक्षता र संघीयता विरोधी तप्का बढ्दै गए पनि निधि र सिटौला वर्तमान राज्य व्यवस्थाबाट पछाडि फर्किने भन्दा पनि सुदृढ गरेर जानुपर्ने पक्षमा देखिन्छन् ।
सिटौलाले भने, ‘निधिजीसँग विचार र दृष्टिकोणका हिसाबले धेरै कुरा मिल्छ । वहाँ यथास्थितिमा बस्ने मान्छे होइन । निधिजीसँग सहकार्य हुने सम्भावना म पनि देख्छु ।’
निधि र सिटौलाबीच कोइराला परिवारको आगामी रणनीतिबारे पनि छलफल भएको बुझिएको छ । शशांक र शेखर कोइरालालाई पनि साथमा लिएर जाने विषयमा निधि र सिटौलाबीच कुराकानी भएको छ ।
निधिलाई देउवाबाट अलगिने मुडमा रहेको पाएका सिटौला केही दिनै पौडेलबाट कोइराला पनि अलगिनेमा विश्वास्त देखिन्छन् । त्यसो हुन पुगे काँग्रेसको १४ औँ महाधिवेशन रोमान्चक मोडमा पुग्ने छ ।
देउवालाई चुनौती दिने गरी उम्मेदवारी घोषणा गरेपछि निधिको आगामी यात्राबारे काँग्रेसमा चर्चा हुन थालेको छ । उनी अन्य गुट उपगुटमा आफूलाई फिट गराउने रणनीतिमा पनि देखिन्छन् ।
जसलाई काँग्रेसभित्र निधिले देउवासँगको लामो राजनीतिक सहयात्रालाई विश्राम दिएर नयाँ गन्तव्य रोज्न लागेको रुपमा अर्थ्याएको पाइन्छ । निधिसँगको भेटपछि यसको नजिक सिटौला पनि भेटिए ।
यद्यपि निधिले आफैले भने सार्वजनिक रुपमा मुख खोलेका छैनन् । सिटौलासँग जस्तो सुकै अवस्थामा पनि सभापति उठ्ने कुरा राखेका निधिले अहिलेसम्म सभापति देउवासँग सम्बन्ध पनि बिगारेका छैनन् ।
देउवाले यस विषयमा बाहिर मुख नखोले पनि आफू निकटका नेताहरुले निधि आफ्नै समूहमा रहने बताइरहेका छन् । पौडेल समूहले पनि निधिलाई देउवासँग टाढा बनाउन सके महाधिवेशनमा प्रतिस्पर्धाका लागि सहज हुने आँकलनसहित सक्रियता बढाएको छ ।
अहिले पनि संस्थापन पक्षका महत्त्वपूर्ण भेला, बैठक र रणनीति निर्माणदेखि पार्टीको क्रियाशील सदस्यता वितरणमा देउवा र निधि एकै ठाउँमा छन् । तर, महाधिवेशनसम्म त्यो कायम नरहने सिटौलाको बुझाइ छ ।
निधिले संस्थापन इतरका शीर्ष नेतासँग भेटवार्ता गरेर आगामी महाधिवेशनमा देउवालाई नेता मानेर जान नसकिने सन्देश दिए पनि सभापति देउवा भने निधिलाई आफैसँग राख्ने प्रयास गरिरहेका छन् । देउवाले यस विषयमा बाहिर मुख नखोले पनि आफू निकटका नेताहरुले निधि आफ्नै समूहमा रहने बताइरहेका छन् । पौडेल समूहले पनि निधिलाई देउवासँग टाढा बनाउन सके महाधिवेशनमा प्रतिस्पर्धाका लागि सहज हुने आँकलनसहित सक्रियता बढाएको छ ।
यता, झापाबाट फर्केर देउवा र पौडेलको मुटु छामेपछि सिटौलाले निधिलाई निवासमा भेटवार्ताका लागि बोलाउनु अर्थपूर्ण छ । झापामा रहँदा सिटौलाले केही दिन अघि सभापति देउवा र महामन्त्री शशांक कोइरालाबीच पछिल्लो समय गोप्य भेटवार्ता भएको भनिएको विषयमा पनि जिज्ञासा राखेका थिए । उनी पार्टीको आगामी समीकरण कस्तो हुन्छ वा देउवा र पौडेल समूहमा कस्तो विग्रह आउँछ भनेर नियालिरहेका छन् ।