प्रदेश २ मा कारोनाबाट दुई जनाको मृत्यु
टुडेपाटी–
जनकपुरधाम ,असोज १२ गते ।
प्रदेश २ मा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सोमबार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।
प्रदेश स्वास्थ्य मन्त्रालयको अनुसार धनुषा र सर्लाहीका एक÷एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका चिकित्सक डा. कमलेश यादवका अनुसार सर्लाहीको हरिपूर्वा नगरपालिका–३ घर भएकी ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ । उनलाई ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि गत भदौ २९ गते अस्पतालमा भर्ना गरिएको थियो ।
सोही दिन स्वाब संकलन गरी परीक्षण गर्दा असोज १ गते उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । सोमबार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस्तै, कोरोना संक्रमणबाट धनुषाको शहीदनगर नगरपालिका–१ बालाबााखरका ६५ वर्षीय एक पुरुषका मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि शनिबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो । शनिबार स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा आइतबार उनमा संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा आइतबार राति नै उनको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको भनाई छ ।
Sponsored