TodayPati

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि कर नतिरेको आरोप

एजेन्सी-
न्युयोर्क, असोज १२ गते ।

अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको हो ।

ट्रम्प सन् २०१६ मा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए । ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको विवरण न्युयोर्क टाइम्सले पाएको बताएको छ ।
जसअनुसार ट्रम्पले पछिल्ल १५ मध्ये १० वर्ष आयकर तिरेका छैनन् । उनको कम्पनीले घाटा व्येहोरेको रिपोर्ट बनाएर कर नतिरेको बताइएको छ ।

Sponsored

ट्रम्पले न्यूर्योक टाइम्सको सो समाचार गलत भएको बताएका छन् । न्यूयोर्क टाइम्समा समाचार प्रकाशित भएपछि ट्रम्पले पत्रकारसँग आफ्नो बचाउ गर्दै भनेका छन्, ‘मैले कर तिरेको छु, तर तपाईँहरु सबैले मेरो कर सम्बन्धी काम सकिएपछि थाहा पाउनुहुनेछ ।’

राष्ट्रपति ट्रम्प र ट्रम्प अर्गनाइजेशनको स्वामित्वमा रहेका कम्पनीको सन् १९९० देखियताको कर सम्बन्धी जानकारीहरुको अध्ययन गरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सन् २०१६ र २०१७ को ट्रम्पको व्यक्तिगत कर विवरण पनि अध्ययन गरेको जनाइएको छ । न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले सन् २०१६ र २०१७ मा समान ७५० अमेरिकी डलर कर तिरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *